मुख्य समाचार

बाबुराम र हिसिलालाई कोरोनाभाइरसको संक्रमण पुष्टि

बाबुराम र हिसिलालाई कोरोनाभाइरसको संक्रमण पुष्टि


काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । गत कार्तिक ७ गते गरिएको स्वाब परीक्षणमा आफूलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको डा. भट्टराईले जानकारी दिएका छन् ।

भट्टराईले पत्नी हिसिला यमीलाई पनि संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । चिकित्सकहरूको सल्लाह बमोजिम दुवै जना होम आइसोलेसनमा रहेका छन् ।

भट्टराई हालैमात्र मधेशका जिल्लाहरुको भ्रमण गरेर काठमाडौँ फर्केका हुन् । मधेशमा उनी पार्टी प्रवेश लगायत विभिन्न कार्यक्रममा सहभागी भएका थिए । त्यतिबेला पार्टीले सामाजिक दुरीको मापदण्डको ब्यापक उल्लंघन गरेको थियो ।

शेयर गर्नुहोस :

0
Shares