Banner news

फिदिममा लकडाउन

फिदिममा लकडाउन

A view of Phidim, district headquarters of Panchthar, as seen from Ramite danda in Phidim Municipality-2, on Thursday, November 23, 2017. Photo: RSS

पाँचथर । पाँचथरको फिदिममा आज एकैदिन १४ जना कोरोना सङ्क्रमित थपिएपछि पन्ध्र दिनका लागि लकडाउन (बन्दाबन्दी) जारी गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय र फिदिम नगरपालिकाले छुट्टाछुट्टै सूचनामार्फत आज मध्यरातबाट आगामी मङ्सिर २ गतेसम्मका लागि बन्दाबन्दी जारी गरिएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले सो नगरपालिकाभित्र अत्यावाश्यक बाहेकका व्यवसाय तथा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।  सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेका अनुसार फिदिम नगरपालिका हुँदै मेची राजमार्गबाट अन्य जिल्लाका लागि भने सवारी सञ्चालन हुन पाउने छन् ।

प्रशासनले अत्यावाश्यक बाहेकका दुई पाङ्ग्रे सवारीका साधन समेत सञ्चालनमा रोक लगाएको छ ।  नगरप्रमुख ओनाहाङ नेम्वाङले कन्ट्र्याक टे«सिङमा परेकालाई संयमता अपनाई एकान्तमा बस्न आग्रह गरेका छन् । जिल्लामा सक्रिय सङ्क्रमितको संख्या २४ पुगेको छ ।

शेयर गर्नुहोस :

0
Shares