Banner news

झापामा बुधबार कोरोना संक्रमण भएका तीन जनाको मृत्यु

झापामा बुधबार कोरोना संक्रमण भएका तीन जनाको मृत्यु


दमक। झापाको दमकमा दुईसहित झापामा बुधबार कोरोना संक्रमण भएका तीन जनाको मृत्यु भएको छ । दमक ५ की एक युवती कोठामा पंङ्खामा झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

कोरोना पोजेटिभ भएर होम आईसुलेसनमा रहेकी २२ वर्षीय युवती मृत भेटिएपछि नेपालीको सेनाको टोली आएर उक्त शव उठाएको थियो । बिहान मृत भेटिए पनि नेपाली सेनाको टोली दिउँसोमात्र आएको थियो । नेपाल प्रहरीको टोली बिहानैदेखि घरलाई सिल गरेर सेनालाई पर्खेर बसेको बताईन्छ ।

यसैगरी दमक ३ का ६५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । उपचारको क्रममा विराटनगरस्थित नाेवेल अस्पतालमा उहाँको मृत्यु भएको हो । योसंगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको बताईएको छ ।
यसैगरी बुधबार नै झापाको मेचीनगर नगरपालिकामा पनि एकजनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । मेचीनगर १४ की एक महिलाको ज्यान गएको हो । स्वास्थ्य कार्यालय झापाले बुधबार साँझ सार्वजनिक गरेको कोभिड विवरण अनुसार जिल्लामा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

शेयर गर्नुहोस :

0
Shares