Banner news

आज देशभर ३०५१ जनामा कोरोना संक्रमण

आज देशभर ३०५१ जनामा कोरोना संक्रमण


विर्तामोड ।   पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३ हजार ४ सय ३० जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ४८ हजार ४ सय ८ पुगेको छ।

आज देशभर ३६ हजार ५ सय १४ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा १८ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १०५२ पुगेको छ।

शेयर गर्नुहोस :

0
Shares