बिर्तामोड

जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष झाको कोरोना संक्रमणबाट मृत्यु

जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष झाको कोरोना संक्रमणबाट मृत्यु


झापा । पूर्व गाविस सचिव एवं भद्रपुर जेसिजका पूर्व अध्यक्ष कुमुदचन्द्र झाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

भद्रपुर-५ निवासी ६३ वर्षीय झाको आफ्नै घरमा आइतबार बिहान ४:१५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका कोरोना फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए।

उनले कात्तिक २१ गते मेची प्रादेशिक अस्पताल भद्रपुरमा गरेको पिसिआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको चौलागाईले बताए।

झा भद्रपुर जेसीजका सन् १९९६ का अध्यक्ष एवम् नेपाल जेसिजका पूर्व राष्ट्रिय उपाध्यक्ष रहेका थिए। उनले लामो समय गाविस सचिव भएर पनि काम गरेका थिए।

शेयर गर्नुहोस :

0
Shares