Banner news

झापामा एकैदिन ७५ व्यक्ति संक्रमित, २ जनाको मृत्यू

झापामा एकैदिन ७५ व्यक्ति संक्रमित, २ जनाको मृत्यू


विर्तामोड । झापामा आज एकैदिन ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै झापामा कोरोना संक्रमितको संख्या ३१ सय ६८ पुगेको छ ।

आज जिल्लामा सबैभन्दा धेरै दमकमा २० र विर्तामोडमा ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

आज थप २ जनाको मृत्यू भएको छ । मृत्यू हुनेहरुमा दमकका ७० वर्षीय पुरुष र झापा गाउँपालिकाका १ जना पुरुष रहेका छन् । देशभर २१ सय ३ जनामा संक्रमण हुँदा झापामा ७५ जना संक्रमित भएका छन् ।

शेयर गर्नुहोस :

0
Shares