Banner news

गौरीगञ्जको दक्षिणी सीमा क्षेत्रमा भारतीय एसएसबीको शंकास्पद् गतिविधि

गौरीगञ्जको दक्षिणी सीमा क्षेत्रमा भारतीय एसएसबीको शंकास्पद् गतिविधि


मदन राजवंशी

गौरीगञ्ज। झापाको दक्षिणी क्षेत्र गौरीगञ्जमा भारतीय एसएसबीको शंकास्पद् गतिविधि बढ्न थालेको छ । नेपाल–भारत सीमामा पर्ने गौरीगञ्ज –२ को दरियालबस्तीमा हातहतियार सहित प्रवेश गरेका भारतीय एसएसबीले सीमा स्तम्भ भत्काएको भेटिएको छ ।

केहि दिनदेखि सो क्षेत्रमा भारतीय एसएसबीको चलहपहल बढेको स्थानीयबासीले जानकारी दिएका छन् । कनकाई माईको किनारमा रहेको १९ नं. को सीमा स्तम्भ आधा भत्काएको अवस्थामा छोडिएको छ । स्थानीयले बताए अनुसार भारतबाट छिरेका एसएसबीले नै स्तम्भ भत्काएका हुन् ।

गत वर्ष गौरीगञ्जको पिण्डालभुटुस्थित बुद्धिलाल हेमरमको आगनमा एसएसबीले सीमा स्तम्भ गाडेका थिए । त्यसैको १ वर्षपछि फेरि एसएसबीले स्तम्भ सार्न चहलपलह बढाएको स्थानीय बताउँछन् । १३ ÷१४ जनाको समूहमा आएको एसएसबीले १९ नम्बरको पिल्लर फुटाएर काँसले छोपेर गएको स्थानीय जेठा मुर्मु बताउँछन् । उनले स्तम्भ सार्नकै लागि एसएसबीले पिल्लर फुटाएको प्रतिक्रिया दिए । गौरीगञ्ज गाउँपालिकाका कार्यपालिका सदस्य समेत रहेका मुर्मुले एसएसबीले नेपाल तर्फ कसैलाई जानकारी नदिई सीमा क्षेत्रमा अनुगमन समेत गरिरहेको जानकारी दिएका छन् ।

सीमा अतिक्रमणका लागि १४३/३ नम्बरको पिल्लर देखि नेपाल तर्फ नयाँ खाल्डो समेत खनेको अवस्थामा फेला परेको छ । पिल्लर सार्नकै लागि नयाँ खाल्डो खनिएको स्थानीयले दावी गरेका छन् ।

शेयर गर्नुहोस :

0
Shares