Banner news

कोरोनाका कारण झापामा १२२ जनाको मृत्यू

कोरोनाका कारण झापामा १२२ जनाको मृत्यू


बिर्तामोड । कोरोना भाइरस संक्रमणका कारण आज झापामा थप दुई जनाको मृत्यू भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार मेचीनगर–१० का ७८ वर्षीय पुरुष र बिर्तामोड –४ का ८१ वर्षीय पुरुषको मृत्यू भएको हो ।

शनिवारसम्म झापामा कोरोनाका कारण मृत्यू हुनेको संख्या १ सय २२ पुगेको छ । स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईका अनुसार झापामा हालसम्म ३४ हजार ४ सय ७७ जनाको कोरोना परीक्षण भएको छ । जम्मा कोरोना संक्रमितको संख्या ४३ सय पुगेको छ ।

शेयर गर्नुहोस :

0
Shares