Banner news

२४ घण्टामा १ हजार ७९ जना काेराेनामुक्त, ७४२ जनामा सङ्क्रमण

२४ घण्टामा १ हजार ७९ जना काेराेनामुक्त, ७४२ जनामा सङ्क्रमण


बिर्तामोड । गएको २४ घण्टामा एक हजार ७९ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणपछि निकाे हुनेकाे सङ्ख्या दुई लाख ४४ हजार सात ४३ पुगेको छ ।

यस्तै गएको २४ घण्टामा ६ हजार तीन सय ५१ जनाको पीसीआर परीक्षण गरिएकाेमा पाँच सय ८८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । नेपालमा अहिलेसम्म दुई लाख ५४ हजार पाँच सय १४ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

यस्तै गएको २४ घण्टामा सात जनाको ज्यान गएसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १७ सय ९५ पुगेको छ । नेपालमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार नाै सय ७६ रहेको छ । 

शेयर गर्नुहोस :

0
Shares