Banner news

अमेरिकी राष्ट्रपति बाइडेनले लगाए कोरोना खोप

अमेरिकी राष्ट्रपति बाइडेनले लगाए कोरोना खोप


एजेन्सी – अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। बाइडेनले फाइजर–बायोएनटेकले बनाएको खोप लगाएको बिबिसीले उल्लेख गरेको छ।

खोप लगाउनु सुरक्षित रहेको भन्ने सन्देश सर्वसाधारणमा प्रवाह गर्नआफूले सार्वजनिक रुपमा खोप लगाएको बाइडेनले टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारणमा जानकारी दिएका छन् ।

यसअघि उपराष्ट्रपति माइक पेन्स र तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले खोप लगाएका थिए। उनीहरुले पनि खोपलाई लिएर सर्वसाधारणमा रहेको शंका हटाउन लागि सार्वजनिक रुपमा खोप लगाएको बताएका छन्।

अमेरिकामा हालसम्म पाँच लाख भन्दा बढि अमेरिकीले खोप लगाइसकेका छन्।

शेयर गर्नुहोस :

0
Shares