बिर्तामोड । अनेरास्ववियूको दोस्रो केन्द्रीय कमिटी बैठकले १ हजार ९९ सदस्यीय सम्मेलन आयोजक कमिटी बनाएको छ । ०७८ साल असोज महिनामा सम्मेलन गर्न दोस्रो बैठकले निर्णय गरेको हो ।

एकतापछि अनेरास्ववियूको ३३५ केन्द्रीय सदस्य र ६९ सदस्यीय आयोगहरु बनाएको थियो । सोहि कमिटीमा थप गरेर १ हजार ९९ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ ।
थप भएका केन्द्रीय सदस्यहरुमा झापाबाट १४ जना विधार्थी नेता परेका छन् । थप हुनेहरुमा दिपेश दाहाल, निता घतानी, हरि पोखरेल, पुकार कार्की, कृष्ण महतो, समर्पण खतिवडा, कमल पौडेल, रोशन लामा, लक्ष्मी न्यौपाने, कृतिज्ञा गौतम, साम्नीहाङ्मा लिम्बु, अशोक खतिवडा, सिकिन पासवान र बलराम गिरी रहेका छन् ।







प्रतिक्रिया