बिर्तामोड । झापाको विर्तामोडमा आज साँझ मसाल जुलुससहित प्रदर्शन गरिएको छ । प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक कदम चालेको भन्दै विरोध स्वरुप प्रदर्शन गरिएको छ । प्रचण्ड नेतृत्वको नेकपा समर्थकहरुले मसाल जुलुससहित बिर्तामोड परिक्रमा गरेका थिए । उनीहरुले नेकपा जिन्दावाद, केपी तेरो पाराले, दुख पाए साराले लगायतका नारा लगाएका छन् । प्रदर्शनमा उनीहरुले असभ्य नारा समेत लगाइएको सुनिएको छ ।







प्रतिक्रिया