Banner news

बिर्तामोडको अटो ग्यारेजमा आगलागी

बिर्तामोडको अटो ग्यारेजमा आगलागी


बिर्तामोड । बिर्तामोडको एक ग्यारेजमा आगलागी भएको छ । बिर्तामोड–४ स्थित ग्यालेक्सी अटो ग्यारेजमा आगलागी भइरहेको प्रहरीले जानकारी दिएका छन् ।
उमेश शाहले सञ्चालन गर्दै आएको ग्यारेजमा केहि बेरदेखि आगलागी भइरहेको छ । लिटल फ्लावर्स नजिकै रहेको सो ग्यारेजमा लागेको आगो निभाउन दमकल बोलाइएको छ । आगो फैलिने डरले स्थानीय त्रसित भएका छन् ।

शेयर गर्नुहोस :

0
Shares