बिर्तामोड । बिर्तामोडको ग्यारेजमा लागेको आगो नियन्त्रणमा आएको छ । बिर्तामोड प्रहरीका अनुसार एक घण्टापछि आगो नियन्त्रणमा आएको हो । आगो नियन्त्रणका लागि मेचीनगर, भद्रपुर र बिर्तामोडको दमकल आएका थिए ।
बिर्तामोड–४ स्थित ग्यालेक्सी अटो ग्यारेजमा आगलागी हुनुको कारण पत्ता लागेको छैन । विधुतीय कारण हुन सक्ने अनुमान लगाइएको छ । उमेश शाहले सञ्चालन गर्दै आएको ग्यारेजमा आगलागीबाट ठुलो क्षति भएको प्रहरीको भनाई छ ।







प्रतिक्रिया