बिर्तामोड । प्रदेश १ का उधोगी व्यवसायीहरु बिर्तामोडमा भेला भएका छन् । सोमवार हुने अधिवेशनका लागि प्रदेशभरका उधोगी व्यवसायी बिर्तामोडमा भेला भएका हुन् ।
नेपाल उधोग वाणिज्य महासंघ प्रदेश १ को नयाँ नेतृत्वका लागि सोमवार हुने निर्वाचनमा सहभागी हुन उधोगी व्यवसायी बिर्तामोड आएका हुन् । बिर्तामोडस्थित सिद्धार्थ होटलमा सोमवार विहान तेस्रो साधारणसभा उद्घाटन हुदैछ । त्यसपछि निर्वाचन हुने बताइएको छ ।
१५ सदस्यीय प्रदेश समितिका लागि १३ जना निर्वाचनबाट चयन हुने व्यवस्था छ । अध्यक्षले थप २ जना मनोनित गर्न पाउने बताइएको छ । अध्यक्षका लागि भीम घिमिरे र टिकाराज ढकाल प्रतिष्पर्धामा उत्रिदैछन् । सबै जसो पद्मा निर्वाचन हुने व्यवसायीहरुले जानकारी दिएका छन् । झापाबाट प्रदेश सदस्यका लागि कुमार भट्टराई, भुपाल कटुवालले उम्मेद्वारी दिने बुझिएको छ । झापाबाट जिल्ला नगर उपाध्यक्षमा कुमारमणी पोखरेलले उम्मेवारी दिने जानकारी दिए ।







प्रतिक्रिया