बिर्तामोड

पौडेल कारागार चलान

पौडेल कारागार चलान


बिर्तामोड । लागुऔषध मुद्दाका फरार प्रतिवादी प्रदिप पौडेललाई झापा प्रहरीले पक्राउ गरेको छ । पौडेल ०७५ फागुनदेखि फरार थिए ।

उनलाई झापा प्रहरीले आइतवार विशेष सुराकीका आधारमा पक्राउ गरेको प्रवक्ता राकेश थापाले जानकारी दिए । सो मुद्दामा झापा जिल्ला अदालतले उनलाई ६ महिना कैद र ४ हजार जरिवाना तोकेको थियो । अदालतको फैसलापछि फरार रहेका पौडेललाई बाँकी कैद भुक्तानका लागि कारागार चलान गरेको छ । फैसला कार्यान्वयनका लागि झापा प्रहरीले उनलाई आइतवार नै अदालतमा हाजिर गराएको थियो ।

पीसीआर परीक्षणको रिपोटपछि उनलाई कारागार चलान गरिने प्रहरी प्रवक्ता थापाले जानकारी दिए ।

शेयर गर्नुहोस :

0
Shares