बिर्तामोड । झापाली सहकारीहरुको छाता संस्था झापा जिल्ला सहकारी संघमा चुनावी सरगर्मी शुरु भएको छ । पुस २९ गते साधारणसभाको तयारी गरिरहेको झापा जिल्ला सहकारी संघ अबको नेतृत्वका लागि समेत जुटेको छ ।

चुनावी साधारणसभाका रुपमा हेरिएको पुस २९ लाई सर्वसम्मतिबाटै नेतृत्व टुङ्गो लगाउने तयारी भएको सहकारी संघका अगुवाहरुले बताएका छन् । अहिलेसम्मको चुनावी चर्चा अनुसार केहि पद्मा मात्रै निर्वाचन हुने बुझिएको छ । भरसक निर्वाचन नगरी सबै पद्मा सहमति गर्ने तयारी भएको संघका झापा सचिव युवराज ढकालले जानकारी दिए । उनले निर्वाचन भन्दा सहमतिको अभ्यास राम्रो हुने तर्क गरेका छन् ।
साधारणसभाभन्दा अघि पदाधिकारीमा सहमति जुटाएर पुस २९ मा घोषणा गर्ने आन्तरिक तयारी भएको बुझिएको छ । स्रोतका अनुसार अध्यक्ष, बरिष्ठ उपाध्यक्षमा अहिलेसम्म निर्वाचन हुने अवस्था छैन । अध्यक्ष र बरिष्ठ उपाध्यक्ष सर्वसम्मत हुने स्रोतको दावी छ ।
संघका झापा अध्यक्ष गणेश ढकाल र सचिव युवराज ढकाल अध्यक्षको चर्चामा छन् । तर, सचिव ढकालले सहमतिबाटै अध्यक्ष बनाउने छलफल चलेको बताएका छन् । उनले गणेश ढकाल अध्यक्षको उम्मेद्वार बनेमा आफ्नो दावी नरहने बताएका छन् । उनले गणेश ढकाललाई नै अध्यक्षमा सहमति गर्न सकिने जानकारी दिए । यस्तै, सर्वसम्मतबाट बरिष्ठ उपाध्यक्षमा महेन्द्र गिरीलाई अघि बढाउने अभियान्ताहरु बिच छलफल चलिरहेको छ । संभवतः गिरीको विरुद्धमा कसैले उम्मेद्वारी नदिने उच्च स्रोतको दावी छ ।
इजलासलाई प्राप्त जानकारी अनुसार महिला उपाध्यक्षमा चम्पा सुवेदी, भगवती घिमिरे(मैनाली) को नाम चर्चामा छ । पुरुष उपाध्यक्षमा दुर्गा सापकोटा र नारायण भट्टराई बिच प्रतिष्पर्धा हुने संभावना देखिएको छ । सचिवमा पनि खडानन्द गुरागाई र भानु दंगालको नाम उम्मेद्वार बन्ने चर्चा चुलिएको छ । उनीहरु बिच अहिलेसम्मको तयारीमा निर्वाचन नै हुन सक्ने देखिएको छ ।
सहसचिवमा कृष्ण मिश्रको नाम चर्चामा छ ।
झापामा ९१४ वटा सहकारी दर्ता भई सञ्चालनमा रहेका छन् । झापा जिल्ला सहकारी संघमा ५ सय सहकारी आवद्ध छन् । वर्तमान सचिव ढकालले ५ सय जनाले निर्वाचनमा मतदान गर्न पाउने जानकारी दिए ।







प्रतिक्रिया