बिर्तामोड । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को नेतृत्व सहमतिबाटै टुङ्गो लागेको छ । आज बिर्तामोडमा भएको तेस्रो चुनावी साधारणसभामा दुई जनाले अध्यक्षमा बलियो दावेदारी प्रस्तुत गरेका थिए । अध्यक्षमा झापाका टिकाराज ढकाल र मोरङका भीम घिमिरे बिच प्रतिस्पर्धाको तयारी भएको थियो ।

साधारणसभाको उद्घाटनका क्रममा मन्तब्य राख्दै महासंघका विशिष्ट सदस्य किशोर प्रधानले कुनै पनि हालतमा सहमतिबाट नेतृत्व टुङ्गो लगाउन आग्रह गरेका थिए । उनले यसअघि ४ वटा प्रदेशको समिति पनि सहमतिबाटै चयन गरिएको बताउँदै उनले प्रदेश १ मा निर्वाचन गर्न नहुने धारणा राखेका थिए । व्यवसायी बिचमा तिब्र प्रतिस्पर्धा हुँदा एकताको भावना टुट्छ भन्दै प्रधानले एकताका लागि सर्वसम्मत नेतृत्व हुनुपर्ने बताएका थिए । कार्यक्रममा भावुक हुँदै प्रधानले भने, म दुई जोड्न तयार छु । तर, निर्वाचनसम्म नपुगौं । उनैको अभिव्यत्तिले निर्वाचनको अन्तिम तयारीमा पुगेको महासंघको नेतृत्व अन्ततः सहमतिबाट टुङ्गिएको छ ।
झापाका पुराना उद्योगी टिकाराज ढकाललाई प्रदेश महासंघको अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ । अन्य पद्मा भने सहमतिको प्रयास जारी रहेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।







प्रतिक्रिया