Banner news

प्रदेश १ मा कोरोना : २९ हजार ८ सय संक्रमित, २८ हजार ७ सय डिस्चार्ज

प्रदेश १ मा कोरोना : २९ हजार ८ सय संक्रमित, २८ हजार ७ सय डिस्चार्ज


विराटनगर ।प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार नाघेको छ । आज १६ जना संक्रमितथपिएसँगै संक्रमितको संख्या२९ हजार ८५५ पुगेको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

मोरङमा १३ हजार ११२, सुनसरीमा ८ हजार ९४७, झापामा ४ हजार ६४६, उदयपुर ४९४, इलाममा ४७२, संखुवासभा ३४१, धनकुटामा २०७, पाँचथरमा १४५, ताप्लेजुङमा १२०, ते¥हथुममा ११९, खोटाङमा ९६, भोजपुरमा ८५, ओखलढुङ्गा ४७, सोलुखुम्वुमा ३७जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालय कोभिड १९ निगरानी, तथ्याङक संकलनतथाअनुगमन समितिका संयोजक डा. रविन्द्र निरौलाले बताउनुभयो ।उहाँकाअनुसार प्रदेश १ बाहिरका १ हजार १७जनामा कोरोना संक्रमण भएको छ ।

प्रदेश १ माआज ८१ जनाडिस्चार्ज भएसँगै २८ हजार ७३७जना संक्रमणमुक्त भएका छन् । मोरङमा १२ हजार ६८४, सुनसरीमा ८ हजार ६५९, झापामा ४ हजार ३९२,उदयपुर ४८२,इलाममा ४४७, संखुवासभा ३२८, धनकुटामा १८७, पाँचथरमा १४१, ताप्लेजुङमा ११४ ते¥हथुममा ११२, खोटाङमा ९३, भोजपुरमा ८३, ओखलढुङ्गा ४५, सोलुखुम्वुमा ३५जनासंक्रमणमुक्त भएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । प्रदेश १ बाहिरका ९३७जना डिस्चार्ज भएका छन् ।मन्त्रालयकाअनुसार हालहोमआईसोलेसनमा ६५८ रहेका छन् ।

प्रदेश १ माआजसम्म २ लाख ९ हजार ९४९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares