बिर्तामोड

नेकपाका नेता प्रसाईलाई मातृशोक

नेकपाका नेता प्रसाईलाई मातृशोक


बिर्तामोड । नेकपाका नेता ज्ञानु प्रसाईलाई मातृशोक परेको छ । आज राती आमा गंगामाया प्रसाईको ८३ वर्षको उमेरमा निधन भएको छ । निधनले प्रसाई परिवार शोकमा परेको हो ।
अर्जुनधारा–९ का वडाध्यक्ष पुष्प प्रसाई (छोरा) सँगै बस्दै आउनु भएकी आमा गंगामाया २ वर्षदेखि विरामी हुनुहुन्थयो । जिब्रोमा समस्या देखिएपछि उपचाररत उहाँको आज राती निधन भएको परिवारले जनाएको छ । उहाँको आज १० बजे कनकाईै माईमा दाहसंस्कार गरिने भएको छ ।

शेयर गर्नुहोस :

0
Shares