अनेरास्ववियू झापाको बृहत जिल्ला भेला सम्पन्न
बिर्तामोड । प्रचण्ड–माधव नेपाल समूहका विधार्थीले अन्तिमसम्म रोक्न प्रयास गरेको अनेरास्ववियू झापाको बृहत भेला भव्य रुपमा सम्पन्न भएको छ । सो समूहका दुई विधार्थीले विज्ञप्ति निकालेर कार्यक्रमबारे कुप्रचार गरेका थिए । कार्यक्रम नरहेको गतल सूचना विज्ञप्ति मार्फत सार्वजनिक गरेका प्रचण्ड–माधव नेपाल समूहलाई झापाका विधार्थीले नै भव्य भेला गरेर जवाफ फर्काएका छन् ।

जिल्लाका अधिकांश शैक्षिक संस्था र पालिकाहरुबाट भेलामा सहभागी विधार्थीले बिर्तामोडमा प्रभातफेरी समेत गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गलत व्यक्तिबाट मुलुकलाई जोगाएर जनतालाई सुम्पिएकोमा विधार्थीले स्वागत गरेका छन् । प्रधानमन्त्रीले नयाँ जनादेशका लागि चालेको कदमको विधार्थीले स्वागत गरेका हुन् ।

जिल्ला भेलालाई अनेरास्ववियूका केन्द्रीय संयोजक ऐन महरले सम्बोधन गरेका छन् । उनले आफुले नेतृत्व गरेको संगठन नै नेपाली विधार्थी आन्दोलनको मुल प्रवाह रहेको बताए । नेकपामा देखिएको विवादले विधार्थी संगठनमा समेत अराजकता हावी भएको भन्दै उनले प्रगतिशिल विधार्थीलाई अलमलमा नपर्न आग्रह गरेका छन् । संयोजक महरले झापा कम्युनिष्ट आन्दोलनको उर्वर भूमि भएको बताउँदै अराजक समूहहरु अनेरास्ववियू हुन नसक्ने बताए । अराजकता, अनुशासनहीन र दलालीहरुले अनेरास्ववियूको इतिहासलाई बद्नाम गर्न खोजेको उनको आरोप छ ।
संयोजक महरले अब लाखौं लाख विधार्थीको बिचमा अनेरास्ववियू पुर्याउने बताएका छन् । उनले झापाका अधिकांश विधार्थीलाई अनेरास्ववियूमा गोलबन्ध गर्न, आवद्ध गराउन आग्रह समेत गरेका छन् । झापाको जिल्ला भेला रोक्न अराजक समूहले गरेको भ्रमपूर्ण प्रचार बारे महरले भने, ‘मुलुकमा अर्को पनि अनेरास्ववियू छ र ? ’ उनले जिल्ला भेलाले कुप्रचारलाई राम्रो झापड दिएको बताएका छन् । एक फरक प्रसंगमा महरले भने, रन्जित तामाङ बासमती चामलमा भेटिएको बिँया हो । जसको आवश्यकता र उपयोगिता पनि छैन । चालममा भेटिएको बिँया मिल्काइने गरेको बताउदै उनले तामाङ पनि विधार्थी आन्दोलनबाट मिल्काइएको बताए ।

अनरोस्ववियूले वर्षौअघि टायर बाल्ने, चक्काजाम गर्ने, बन्द अवरोध गर्ने लगायत सडक आन्दोलन त्यागेको उनको भनाई छ । अब हुने त्यस प्रकारका कार्यक्रम अनेरास्ववियूको नहुने महरको धारणा रहेको छ । प्रमुख अतिथी समेत रहेका पार्टीका केन्द्रीय सदस्य महरले केपी ओली नेतृत्वको पार्टी नै मुल पार्टी हुने दावी गरेका छन् ।
भेलालाई संगठनको केन्द्रीय उपाध्यक्ष सुनिता बराल, पार्टीका झापा जिल्ला अध्यक्ष चिन्तन पाठक, पूर्व विधार्थी एवम् पार्टी नेता शिव ढुङ्गेल, विधार्थी नेताहरु कल्पना वाइवा, डम्बर अधिकारी, मनोज ताम्ली लगायतले सम्बोधन गरेका थिए ।







प्रतिक्रिया