Banner news

सडक बनाउँदा विग्रिए बिर्तामोड खानेपानीका अधिकांश संरचना

सडक बनाउँदा विग्रिए बिर्तामोड खानेपानीका अधिकांश संरचना


बिर्तामोड । पूर्वाधार निर्माणका क्रममा खानेपानीका अधिकांश संरचना विग्रिएका छन् । झापाको बिर्तामोड र सुरुङा क्षेत्रमा खानेपानीका संरचनाहरु भत्किादाँ खानेपानी आपुर्तिमा समस्या भएको छ । बिर्तामोड खानेपानीले विच्छ्याएको पाइप भद्रपुर रोड निर्माणका क्रममा फुटेका छन् ।

र्ताबजार क्षेत्रमा गत हप्तादेखि पानी आपुर्तिमा समस्या भएको स्थानीयबासीले जानकारी दिए ।
बिर्तामोड–भद्रपुर सडक खण्ड र सुरुङा – झापा रोड निर्माणका क्रममा अधिकांश खानेपानीका पाइपमा क्षति पुगेको छ । मानव जीवनलाई चाहिने अत्यावश्यक पानीको नियमित आपुर्तिमा नहुँदा उपभोक्ता मारमा परेको खानेपानी संस्थाका पदाधिकारीहरुले जानकारी दिएका छन् । साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बिर्तामोडका अध्यक्ष जलकुमार गुरुङले जथाभावी खानेपानीको पाइप फुटाउँदा उपभोक्ता मारमा परेको बताएका छन् । उनले विकास निर्माणका क्रममा निर्माण व्यवसायीले विना जानकारी पाइप र अन्य संरचनामा क्षति पुर्याएको जानकारी दिए । गुरुङले भने, जानकारी विना पाइपहरु फुटाउँदा उपभोक्तलाई पानीको समस्या भइरहेको छ । दिनरात पानीको समस्याले उपभोक्ताको गुनासो आइरहेको उनको भनाई छ ।

बिर्तामोड खानेपानीको रामचोक क्षेत्र, बिर्ताबजार, हर्कलाल मार्ग र भद्रपुर रोडमा व्यापक क्षति पुगेको छ । बिर्तामोड खानेपानीका अध्यक्ष गुरुङले निर्माण व्यवसायीले भत्काएर छोड्ने तर बनाउन चासो नदिने गरेको आरोप लगाएका छन् । स्थानीय तह , निर्माण व्यवसायी र सडक डिभिजनले खानेपानीको पाइपमा क्षति हुँदा निर्माणमा असहयोग गरेको बताएका छन् । फुटाएपछि स्वभाविक रुपमा फुटाउनेले बनाउनै पर्छ, नबनाउँदा जथाभावी पानी चुहिरहेको छ , गुरुङ भन्छन् । उनले महंगा–महंगा पाइप फुट्दा संस्थालाई समेत ठुलो क्षति भएको बताए ।

यता, सडक निर्माणका क्रममा खानेपानीको संरचना विग्रिएको बारे खानेपानी मन्त्रालयले बिर्तामोड र कनकाई नगरपालिकालाई पत्र काटेको छ । निर्माणका क्रममा विग्रिएका संरचनाहरु मन्त्रालयले निर्माण नगर्ने जानकारी दिंदैं निर्माण व्यवसायी, सडक कार्यालय वा आयोजनाले नै बनाउनुपर्ने पत्रका उल्लेख छ । आयोजना निर्देशक रामचन्द्र शाहले विग्रिहमा खानेपानीका संरचना बनाउन पहल गरिदिन पत्रचार गरेका हुन् । विकास निर्माणका क्रममा विग्रिएमा खानेपानीका संरचना बनाउन खानेपानी संस्थाहरुलाई करोडौं रुपैयाँ आवश्यक हुने संस्थाले जनाएका छन् ।

शेयर गर्नुहोस :

0
Shares