Banner news

प्रख्यात माइ मेला नलाग्ने

प्रख्यात माइ मेला नलाग्ने


बिर्तामोड । कोरोना महामारीका कारण प्रख्यात माई मेला यो वर्ष नलाग्ने भएको छ । माघे संक्रान्तिमा लगाइने माई मेला कोरोना जोखिमका कारण नलाग्ने भएको कनकाई नगरपालिकाका प्रवक्ता गोविन्द पौडेलले जानकारी दिए ।

देश तथा विदेशबाट हजारौं दर्शनार्थी आउने कनकाई माई मेलामा मकर स्नान मात्र हुने भएको छ । मकर नुहाउने र माई मेला भर्ने परम्परालाई कोरोनाले धक्का पुराएको छ । कनकाई माईको पूर्व र पश्चिम किनारमा लाग्ने मेलाबाट स्थानीय तह कनकाई र शिवसताक्षीले ठेक्का वापत लाखौं रुपैयाँ आम्दानी गर्दै आएका थिए ।

मेला नलाग्ने भएपछि ठेक्का वापतको आम्दानी गुम्ने भएको छ । यस्तै, विभिन्न राष्ट्रबाट व्यापारका आउने व्यवसायीलाई पनि ठुलो धक्का पुगेको छ । मेलाका कारण सो क्षेत्रमा ठुलै आर्थिक कारोवार हुने गरेको थियो । २०३० सालदेखि व्यवस्थित रुपमा लाग्दै आएको मेला पहिलो पटक रोकिएको छ ।

शेयर गर्नुहोस :

0
Shares