Banner news

बिर्तामोड–भद्रपुर सडक खण्डमा कालोपत्रे शुरु

बिर्तामोड–भद्रपुर सडक खण्डमा कालोपत्रे शुरु


बिर्तामोड । लामो समय अलपत्र भएको बिर्तामोड–भद्रपुर सडक खण्डमा कालोपत्रे शुरु भएको छ । आजदेखि कालोपत्रेको काम थालिएको निर्माण व्यवसायी केदार गिरीले जानकारी दिए ।

म्याद सकिए पनि निर्माण व्यवसायी गिरीले कालोपत्रेको काम थालेका छन् । उनले अब लगातार कालोपत्रेको काम गर्ने बताए । लकडाउनअघि नै निर्माण सम्पन्न गर्नुपर्ने भएपनि गिरीले समयमै काम गकेका थिएनन् । उनलाई सडक डिभिजनले समयमा काम नसकेको भन्दै म्याद थप गरेको छैन । म्याद थपका लागि माथिल्लो तहसम्म पहल भइरहेको छ ।

तस्वीर : चन्द्रमणी घिमिरे

शुक्रवार देखि कालोपत्रेको लागि प्राइम हाल्ने काम भइरहेको छ, गिरीले भने – ‘अब म्याद थप भयो र रोकिएको पैसा आयो भने कालोपत्रे सक्छु ।’ उनले जेठदेखि पैसा नपाएको जानकारी दिए । बिर्तामोडको मुक्तिचोक देखि गरामनी छेउसम्म चार लेनको सडक निर्माणको जिम्मा पाएको आशिष–पे्ररा जेभीले बिर्तामोडको कञ्चन निर्माण सेवालाई पेटी कन्ट्याक्ट दिएको छ ।
कञ्चन निर्माण सेवा बिर्तामोडले पनि लकडाउनअघि काम सक्नुपर्ने सम्झौता थियो । समयमा काम नसक्दा बिर्तामोड क्षेत्र धुलोले अ‍ैठन मै परेको छ ।

शेयर गर्नुहोस :

0
Shares