बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मुकुन्द रिजालले एक वर्षको कार्य प्रगति सार्वजनिक गरेका छन् । उनले आज आफ्नो कार्यकालमा भएका घटना र प्रगतिबारे पत्रकार समक्ष सार्वजनिक गरेका हुन् ।

०७६ पुस २७ गते कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका डिएसपी रिजालले एक वर्षको गतिविधि सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय दाङमा सरुवा भएको जानकारी दिए । बिर्तामोडमा उनले आफ्नो कार्यकाल विवादरहित भएको दावी गरेका छन् । डिएसपी रिजालले बिर्तामोड आएपछि गरेका केहि अपरेशन बारे जानकारी समेत गराए । उनले बिर्तामोडमा आउनासाथ चारपानेमा एक व्यक्तिको लिङ्ग काटेर जलाइएको घटनाको सफल अपरेशन गरेका थिए । त्यस्तै, कनकाई नगरपालिकामा केहि महिनाअघि मात्रै भएको हत्या प्रकरण (टुल्के) को सफल अपरेशन गरेका डिएसपी रिजालले मिडिया क्षेत्रको सहयोग उल्लेख्य पाएको बताएका छन् ।
डिएसपी रिजालले बिर्तामोड क्षेत्रमा लागुऔषध मुख्य चुनौति भएको जानकारी दिएका छन् । एक वर्षमा २९ जना लागुऔषध सहित पक्राउ गरिएको डिएसपी रिजालको भनाई छ । उनीहरुबाट २०३ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर बरामत गरिएको थियो । अवैध ओसारपसार र अवैध काठ नियन्त्रणमा पनि इप्रका अनारमनीले उल्लेख्य काम गर्न सफल भएको बताइएको छ । डिएसपी रिजालले झापाबाट आफुले धेरै कुरा सिक्ने अवसर पाएको बताएका छन् । उनले झापामा राजनीतिक संस्कार राम्रो रहेको बताए ।







प्रतिक्रिया