बिर्तामोड । बिर्तामोडको कृषि थोक बजारले दश वर्षपछि नयाँ नेतृत्व पाएको छ । शुक्रवार र शनिवार सम्पन्न सञ्चालक समितिको निर्वाचनबाट बिर्तामोडका किसान कमल पौडेल अध्यक्षमा निर्वाचित भएका छन् । सर्वसम्मतिबाट अध्यक्षको जिम्मेवारी पौडेललाई दिइएको छ । उनी किसानको प्रतिनिधित्व गर्दै निर्वाचनमा सहभागी भएका थिए ।

समितिमा धर्म प्रसाद बराल, खगेन्द्र महतो , विन्दा लुइटेल, हरि शिलवालर र ज्योति चुडाल सदस्यमा सर्वसम्मत भएका छन् । अध्यक्ष निर्वाचित भएपछि पौडेलले मन्तब्य राख्दै कृषिथोक बजारमा जग्गादाता स्वर्गीय रामबाबु प्रसाईको शालिक बनाउने घोषणा गरेका छन् । उनले अहिलेसम्म कृषिथोकको कार्यालयमा प्रसाईको एउटा फोटो समेत नदेखेको बताएका छन् । कृषिथोकलाई प्रदेश १ कै नमूना बजार बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।







प्रतिक्रिया