Banner news

अनैतिक क्रियाकलापमा संलग्न अधिवक्ताको बार सदस्यता खारेज

अनैतिक क्रियाकलापमा संलग्न अधिवक्ताको बार सदस्यता खारेज


लाइसेन्स रद्द गर्न सिफारिस

भद्रपुर । झापा बार एसोसिएशनले एक जना अधिवक्ताको सदस्यता खारेज गरेको छ । अनैतिक क्रियाकलाप संलग्न भएको पीडितबाट उजुरी परेपछि उनको सदस्यता खारेज गरिएको हो ।

पूर्व प्रहरी समेत रहेका बारका सदस्य डिग बहादुर बुढाथोकीको सदस्यता खारेज गरिएको झापा बारले जनाएको छ । गत आइतवार सदस्यता खारेज गरेर झापा बारले केन्द्रीय बार एसोसिएशन र नेपाल बार काउन्सिललाई बोदार्थ पठाएको थियो । अहिले बुढाथोकी कानुन व्यवसायी परिषद्ले थप अनुसन्धान समेत गरिरहेको एक कानुन व्यवसायीले जानकारी दिए ।

वकालत क्षेत्रलाई नै बद्नाम गर्ने गरी बुढाथोकीले अनैतिक गतिविधि गरेको झापा बारको ठहर छ । कानुन व्यवसायी बुढाथोकीले मुद्दा लिएर आउनेहरुसँग अवैध रुपमा रकम असुल्ने गरेको दर्जनौ उजुरी समेत परेको छ । उनले वकालत वापतको शुल्कभन्दा ५० गुणा बढि शुल्क लिने गरेको गुनासो पीडितहरुले गरेका छन् । यस्तै, महिलाहरुमाथि न्याय दिने नाममा यौन हिंसा गर्ने गरेको खुलासा भएको छ । मुद्दा लिएर आउने महिलालाई यौन प्रस्ताव गरेको पीडित महिलाहरुले बताएका छन् । उनले श्रीमानसँग डिभोर्स गर्न आउने महिलालाई राती होटलमा आउन भनेको समेतको गुनासो आएको कानुन व्यवसायी बताउँछन् ।

फौजदारी अभियोग मुद्दाका व्यक्तिलाई समेत उनले कारागार चलान हुन नदिने भन्दै पैसा असुल्ने गरेको बताइएको छ । लागुऔषधमा पक्राउ परेकाहरुलाई छुटाइदिने भन्दै बुढाथोकीले रकम असुल्ने गरेको बारका एक सदस्यले जानकारी दिए । बुढाथोकीको लाइसेन्स समेत रद्दका लागि परिषद्मा सिफारिस गरिएको छ । उनको गतिविधिले अन्य कानुन व्यवसायी समेत हैरानी भोग्दै आएका थिए ।

शेयर गर्नुहोस :

0
Shares