१४ वटा मोसा बरामत, पाँच पक्राउ
बिर्तामोड । झापाको बिर्तामोड क्षेत्रमा हराएका मोटरसाइकल प्रहरीले बरामत गरेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीले चोरी भएका मोटरसाइकल खोजीमा तीव्रता दिएपछि २४ घण्टामा प्रहरीले १४ वटा मोटरसाइकल बरामत गरेको हो ।
गत हप्ता विर्तामोडबाट ठुलै संख्यामा मोटरसाइकल हराइरहेका थिए । मोटरसाइकल धनीले खोजीका लागि प्रहरीमा निवेदन दिएपछि इप्रका अनारमनीले १४ वटा मोटरसाइकल सहित पाँच जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सबै माइ नगरपालिका इलामका युवा छन् ।
बिर्तामोडमा डेरा गरि बस्दै आएका युवाले मोटरसाइकल चोरीलाई धन्दा नै बनाएको अनुसन्धानबाट खुलेको छ । बिर्तामोडमा डेरा बस्नुको कारण नै मोटरसाइकल चोरी गर्न देखिएको एक प्रहरी बताउँछन् । उनका अनुसार हरेक दिन साँझ परेपछि उनीहरु बिर्तामोडभित्र विभिन्न स्थानमा मोटरसाइकल चोरी गर्दै आएका छन् । एकै समयमा धेरै वटा मोटरसाइकल हराए पछि प्रहरीले प्राथमिकतामा राखेर अनुसन्धानलाई अघि बढाएको थियो । सोहि क्रममा प्रहरीले शनिवार माइ नगरका पाँच जनालाई पक्राउ गरि झापा ल्याएको छ ।
पक्राउ पर्नेहरुमा माइ नगरपालिका–६ का मनिष गिरी, रोशन गिरी, राजेश गिरी, सोहि नपा – २ का क्षिातिज भनिने रोशन तामाङ र वडा नं. ८ का रोशन बुढाथोकी रहेका छन् । प्रहरीका अनुसार बुढाथोकी र तामाङले चोरी गरिएका मोटरसाइकल विक्रि गर्ने काम गर्थे भने अन्यले बिर्तामोडबाट चोरी गरेर पुर्याइदिन्थे । बेलुका ६ देखि ९ बजेसम्म अधिकांश मोटरसाइकल चोरी भएको प्रहरीको भनाई छ । उनीहरुको साथबाट प्रहरीले १५० सिसिको २ वटा अपाची, २२० सिसिको २ वटा पल्सर र बाँकी १५० सिसिको पल्सर बरामत गरि बिर्तामोड ल्याएका छन् । पक्राउ परेकाहरुलाई म्याद थप गरि अनुसन्धान अघि बढाइएको छ ।







प्रतिक्रिया