Banner news

बिर्तामोडमा डेरा जमाएर मोटरसाइकल चोरी गर्नेहरु सार्वजनिक

बिर्तामोडमा डेरा जमाएर मोटरसाइकल चोरी गर्नेहरु सार्वजनिक


बिर्तामोड । मोटरसाइकल चोरीमा संलग्न सात जनालाई अनारमनी प्रहरीले सार्वजनिक गरेको छ । १५ वटा मोटरसाइकल र एउटा स्कुटी सहित उनीहरुलाई सार्वजनिक सार्वजनिक गरेको हो । इलाका प्रहरी कार्यालय अनारमनीले आज विहान पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि चोरीमा संलग्नहरुलाई सार्वजनिक गरेको छ ।

प्रहरीले विर्तामोड क्षेत्रमा मोटरसाइकल चोरीको पेशा नै बनाएका इलाम माइ नगरपालिकाका पाँच सहित सात जनालाई पक्राउ गरेको हो । उनीहरुलाई प्रहरीले इलामबाटै पक्राउ गरेको डिएसपी मुकुन्द रिजालले जानकारी दिए । पक्राउ पर्नेहरुमा माइ नगरपालिका–६ का मनिष गिरी, रोशन गिरी, राजेश गिरी, वडा नं. २ का रोशन तामाङ, पाँचथर फाल्गुनन्द –३ का क्षितिज भनिने रोशन तामाङ र माई नपा वडा नं. ८ का रोशन बुढाथोकी, ताप्लेजुङका सन्दिप लिम्बु र रहेका छन् ।
बुढाथोकी र तामाङले चोरी गरिएका मोटरसाइकल विक्रि गर्ने काम गर्थे भने अन्यले बिर्तामोडबाट चोरी गरेर पुर्याइदिन्थे । बेलुका ६ देखि ९ बजेसम्म अधिकांश मोटरसाइकल चोरी भएको प्रहरीको भनाई छ ।

चोरी पछि इलाम पुर्याएका मोटरसाइक्ल प्रहरीले बिर्तामोड ल्याएको छ । उनीहरुको साथबाट अपाची, पल्सर र एउटा स्कुटी बरामत गरि ल्याइएको प्रहरीको भनाई छ ।

बिर्तामोडमा डेरा गरि बस्दै आएका युवाले मोटरसाइकल चोरीलाई धन्दा नै बनाएको अनुसन्धानबाट खुलेको छ । बिर्तामोडमा डेरा बस्नुको कारण नै मोटरसाइकल चोरी गर्न देखिएको प्रहरीको भनाई छ । मोटरसाइकल खोजीका लागि बिर्तामोड प्रहरीले इन्सपेक्टोर हरि बरालको नेतृत्वमा टोली परिचाल गरेको थियो । केहि वेरमै चोरी गर्न सक्ने गिरोहले विर्तामोडका अस्पताल , विधालय, मार्केट, होटलमा पार्किङ गरि राखिएका मोटरसाइकल सहजै चोरी गरेको देखिन्छ । एउटा परिवार नै व्यवसायिक रुपमा मोसा चोरीमा संलग्न भएको अनुसन्धानबाट खुलेको छ ।

शेयर गर्नुहोस :

27
Shares