बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापा ले बृहत कार्यकर्ता भेलाको आयोजना गरेको छ । बुधबार बिर्तामोडस्थित अग्रसेन भवनमा नेकपा झापा जिल्ला कमिटीले भेलाको आयोजना गरेको नेता शिव ढुङ्गेलले जानकारी दिए ।
अगुवा कार्यकर्ता भेलालाई केन्द्रीय नेताहरु ईश्वर पोखरेल र मणि थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । झापाका १५ वटै स्थानीय तहबाट अगुवा कार्यकर्ताको सहभागिता हुने ढुङ्गेलले बताए ।
सो भेलामा नेकपाभित्रको वर्तमान विवाद र आगामी कार्यदिशाका बारेमा नेताहरुले सम्बोधन गर्ने बताइएको छ । नेता ढुङ्गेलका अनुसार केपी शर्मा ओलीले नेतृत्व गरिरहेको नेकपा नै मुल पार्टी हुने विषयमा दुवै वक्ता पोखरेल र थापाले सहजीकरण गर्ने छन् ।
भेलाका लागि आवश्यक तयारी सकिएको नेकपा झापाले जनाएको छ ।







प्रतिक्रिया