Banner news

सर्वोच्च अदालतले गर्ने फैसला सबैले मान्नुपर्छ : अध्यक्ष तिमल्सिना

सर्वोच्च अदालतले गर्ने फैसला सबैले मान्नुपर्छ : अध्यक्ष तिमल्सिना

kf]v/f, @) dªl;/ . k|b]z;ef ;lrjfno u08sL k|b]zsf] cfof]hgf / ;+;b ;xof]u kl/of]hgf ;+o’Qm /fi6«;+3Lo ljsf; sfo{qmdsf] ;xsfo{df kf]v/fdf z’qmaf/b]lv ;’? b’O{ lbj;Lo cGt/;ef cg’ej cfbfgk|bfg tyf cGtlqm{ofdf dGtJo JoQm ub}{ /fli6«o;efsf cWoIf u0f]zk|;fb ltldlN;gf . t:jL/ M xl/ af:tf]nf÷/f;;

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले प्रतिनिधिसभाको विघटन सम्बन्धमा सर्वोच्च अदालतले गर्ने फैसला सबैले मान्नुपर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घ कास्कीको १५औँ साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उनले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको बताउँदै सर्वोच्चले गरेको फैसला मान्नु सबैको कर्तव्य भएको बताए ।

“फैसला आइसकेपछि चुनावमा जाने भन्यो भने चुनावमा जानुपर्यो, विघटनको कुरा बदर गर्यो भने संसद् बैठक अधिवेशनहरू चल्छ, अगाडि बढ्छ,” उनले भने । अदालतले विघटनको मुद्दालाई सदर गरेका अवस्थामा चुनावमा जानुको विकल्प नहुने बताउँदै उनले त्यो अवस्थामा शङ्का उपशङ्का नगरी चुनाव हुन्छ, हुँदैन भन्ने नभई हुन्छ, समयमा नै गर्नुपर्छ भन्ने कुरा लिएर जानुपर्ने बताए । त्योबाट कोही पनि भागेर जाने वातावरण बन्न दिन नहुने उनको भनाइ थियो ।

नेपाली जनताले इतिहासमा आफ्नो पूर्णकार्यकाल बिताएको लोकतान्त्रिक सरकार अहिलेसम्म पनि देख्न नपाउनु विडम्बना भएको उनले बताए । सरकार अस्थिर रहँदा दीगो विकास हुन नसक्ने बताउँदै उनले नेपालमा २०१७, २०४८ का सरकार पनि स्थिर बन्न नसक्दा विकासमा पछि परेको उल्लेख गरे । समाजमा समाचारले पार्ने प्रभाव अत्यन्त महत्वपूर्ण हुनेमा जोड दिँदै अध्यक्ष तिमल्सिनाले सत्य, तथ्यमा आधारित भई समाचार सम्प्रेषण गर्नुपर्ने बताए ।

नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष विपुल पोखरेलले कोरोना महामारीलगायतका नाममा सञ्चारगृहबाट पत्रकारमाथि भैरहेका अन्याय तथा शोषणका विरुद्धमा महासङ्घ निरन्तर सङ्घर्ष गरिरहेको बताए । साधारणसभा र अधिवेशनसँगै गर्दा महासङ्घका रणनीतिक योजना बनाउन अप्ठेरो परेको हुँदा साधारणसभा र अधिवेशन फरक फरक दिन राखिएको स्पष्ट पारे । उक्त अवसरमा अग्रज पत्रकार एवं रासस पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका पूर्वप्रमुख नारायण कार्की, रासस कास्की समाचारदाता कृष्ण दवाडीलगायतलाई राष्ट्रियसभा अध्यक्ष तिमल्सिना, महासङ्घ वरिष्ठ उपाध्यक्ष विपुल पोखरेललगायतले सम्मान गरे ।

कार्यक्रममा सम्मानित व्यक्तित्व नारायण कार्की, महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, गण्डकी प्रदेश समितिका अध्यक्ष त्रिभुवन पौडेल, महासङ्घ कास्कीका पूर्वअध्यक्ष माधव शर्मा, प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारी, महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, उपाध्यक्ष विमला भण्डारीलगायतले श्रमजीवी पत्रकारको हकहितमा महासङ्घको भूमिका विषयमा आ–आफ्ना धारणा राखे । साधारणसभाले सचिव रामप्रसाद तिमिल्सिना र कोषाध्यक्ष सञ्जय मल्लले प्रस्तुत गर्नुभएको सचिव तथा कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ ।

शेयर गर्नुहोस :

0
Shares