Banner news

झापा जिल्ला सहकारी संघमा आकांक्षी बढे

झापा जिल्ला सहकारी संघमा आकांक्षी बढे


२२ पदमा सय बढिको दावेदारी

बिर्तामोड । झापा जिल्ला सहकारी संघको साधारणसभामा नयाँ नेतृत्व घोषणा गर्ने तयारी थियो । बुधबार संघको साधारण सभामा घोषणा हुने भनिए पनि नयाँ नेतृत्व सार्वजनिक हुन सकेन । सहमतिबाट नयाँ नेतृत्व दिने प्रचार गरिएको थियो । तर, संघमा आकांक्षी बढ्दै गएकाले नयाँ नेतृत्व घोषणा हुन नसकेको हो ।

झापाको सहकारी अभियानलाई विना विवाद अघि बढाएर कार्यकाल सफल बनाएका अध्यक्ष गणेश ढकाल सहितको समूहले सहमतिबाटै नेतृत्व टुङ्गो लगाउन प्रयास गरिरहेको छ । ढकाल अध्यक्ष दोहो¥याउँदै छन् । उनले अध्यक्ष दोहो¥याउने भनेपछि कसैको पनि दावी रहेको छैन । यस्तै, उपाध्यक्ष रहेका महेन्द्र गिरी बरिष्ठ उपाध्यक्षका दावेदार हुन् । उनले दावी गरेको बरिष्ठ उपाध्यक्षमा पनि कसैको दावी देखिएको छैन । हालसम्मको सूचना अनुसार ढकाल र गिरी दुवै सर्वसम्मत हुने भएका छन् ।

संघको अन्य पद्मा भने अहिलेसम्म सहमति जुटिसकेको छैन । संघका सचिव युवराज ढकाल भन्छन्, सहमतिका लागि समय अझै बाँकी छ । ‘समय छ र सहमतिको संभावना छ’ ढकालले थपे । सहकारी संघको महिला, पुरुष उपाध्यक्ष, सचिव, सहसचिव र सदस्यहरुमा सहमति जुट्न सकिरहेको छैन । कार्यसमिति १९ र लेखा समिति ३ जना गरेर २२ जना नयाँ समितिमा रहनेछन् । २२ जनाका लागि १ सय जनाभन्दा बढि आकांक्षी देखिएका छन् । महिला उपाध्यक्षमा चम्फा खनाल सुवेदी (कनकाई) र भगवती घिमिरे मैनाली (मेचीनगर) ले बलियो दावेदारी प्रस्तुत गरिरहेका छन् । दुवै जना योग्य रहेकाले कसले कसलाई छोड्ने बारे अझै निक्र्योल भइसकेको छैन । यस्तै, उपाध्यक्षमा दुर्गा सापकोटा र प्रेम कोइराला आकांक्षी देखिएका छन् । उनीहरु बिचमा पनि सहमति भइहाल्ने अवस्था देखिएको छैन ।

संघका सहसचिव भवानी दंगाल र राष्ट्रिय सहकारी संघका सञ्चालक खडानन्द गुरागाई सचिव पद्को दावी गरिरहेको बुझिएको छ । सो पद्मा दुई जना आकांक्षी भए पछि सहमतिका प्रयास भइरहेका छन् । दंगाल र गुरागाई दुवै जनाले सचिव पद् छोड्ने परिस्थिति नदेखिएको संघका एक सदस्य बताउँछन् ।

सहसचिवमा पनि आधा दर्जन बढिले आकांक्षा देखाएका छन् । सहकारी संघका सञ्चालक कृष्ण प्रसाद मिश्र, जिल्ला बचतका सञ्चालक याम चुडाल, कर्णालीका सचिव भूपाल बस्नेत, सहकारी संघका सञ्चालक अर्जुन दंगाल लगायतले सहसचिवमा इच्छा व्यक्त गरेका छन् । सहसचिव पद्मा पनि सहमति जुट्ने छाँटकाट देखिएको छैन ।

सात जना पदाधिकारी मध्ये दुई मुख्य पद् बाहेकमा अझै सहमति जुटेको छैन । १२ सदस्यमा पनि एक सयको हाराहारीमा आकांक्षी देखिएका छन् । यसैगरी लेखा समिति संयोजक रहेका भलाकाजी कठेत फेरि सोहि पद्मा दोहो¥याउने सोचमा छन् । लेखा समिति सदस्य चुणामणि ओझा संयोजक आफु बन्ने दाउमा छन् ।

शेयर गर्नुहोस :

0
Shares