विर्तामोड । मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा कचनकवल –१ का ३२ वर्षीय नन्दलाल राजवंशीको मृत्यू भएको छ । आज साँझ बाह्रदशी चोकबाट दक्षिण तर्फ जाँदै गर्दा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।
सोहि वडाका २५ वर्षीय कोकिल राजवंशीलाई मे.७ प. ७९६७ नम्बरको मोटरसाइकलमा लिएर जाँदै गर्दा दुर्घटना भएको इप्रका राजगढले जनाएको छ । घाइते दुवैलाई स्थानीय क्लिनिकमा लैजाने क्रममा चालक नन्दलालको बाटोमै मृत्यू भएको र अर्का घाइतेलाई उपचारका लागि विर्तामोड पठाइएको प्रहरीको भनाई छ । मृतकको शव क्लिनिकमै राखिएको छ भने मोटरसाइकल इप्रकामा राखिएको छ ।







प्रतिक्रिया