बिर्तामोड

बिर्तामोडका किसानले बनाउदैछ आफ्नै बारीमा भ्यू टावर

बिर्तामोडका किसानले बनाउदैछ आफ्नै बारीमा भ्यू टावर


बिर्तामोड । झापाका एक किसानले व्यक्तिगत लगानीमा ‘भ्यू टावर’ निर्माण थालेका छन् । झापा बिर्तामोड–६ बुट्टाबारीका किसान विरेन्द्र आङ्देम्बेले भ्यू टावर निर्माण गरिरहेको जानकारी दिए । कृषि प्रयोजनका लागि सो टावर निर्माण गरिहरेको आङदेम्बेको भनाई छ ।

उनले केहि समयदेखि आफ्नै जमिनमा भ्यू टावर बनाइरहेका छन् । भ्यू टावरको वरिपरि कृषि कर्म समेत गरिरहेको आङ्देम्बेको भनाई छ । उनले टावरको प्रयोजनबारे भने, ‘म यसलाई कृषि प्रयोजनका निम्ति प्रयोग गर्छु ।’ उनले टावरको तल्लो भागलाई आवश्यक सामग्री राख्ने र माथिल्लो भागलाई बारी हेर्न, जंगल क्षेत्रको निगरानी गर्न प्रयोग गर्ने जानकारी दिए । अहिले टावर निर्माणको क्रममा छ, आङ्देम्बे भन्छन् – कति तला बनाउने अहिले टुङ्गो छैन । उनले सरकारले देशभर भ्यु टावर बनाइरहेको भन्दै आफुलाई समेत सहयोगको अपेक्षा भएको बताएका छन् । हालसम्म २ लाख लगानी भइसकेको र आगामी दिनमा विस्तारै भ्यू टावर पुरा गर्दै जाने बताए ।

गाउँलेले भ्यू टावर नामाकरण गरिदिएको उनको भनाई छ ।

शेयर गर्नुहोस :

0
Shares