Banner news

इप्रका गौरीगञ्जका प्रमुख धरौटीमा रिहा

इप्रका गौरीगञ्जका प्रमुख धरौटीमा रिहा


गौरीगञ्ज । गैर नेपालीलाई नेपाली नागरिकता दिएको अभियोगमा पक्राउ परेका ईलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख धनञ्जय साहको धरौटीमा रिहा भएका छन् ।

झापा जिल्ला अदालतले शुक्रवार २ लाख रूपैयाँ धरौटीमा रिहा गरेको हो । उनीसँगै पक्राउ परेका कार्यालय सहयोगी २४ बर्षीय आसिर आलम र गौरादह नगरपालिका – ७ का ५९ बर्षीय कृष्ण तिम्सिना पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

प्रमुख साहलाई अदालतमा उपस्थित हुने गरी तारेखमा छोडिएको प्रहरीले जनाएको छ । उनलाई ३ जना तिब्बती मुलका नागरिकलाई नेपाली नागरिकता दिएको अभियोग लागेको छ ।

शेयर गर्नुहोस :

0
Shares