बिर्तामोड

बिर्तामोडको इलेक्ट्रोनिक्स गोदाममा रातभर आगलागी

बिर्तामोडको इलेक्ट्रोनिक्स गोदाममा रातभर आगलागी


बिर्तामोड । बिर्तामोडको भद्रपुर रोडमा रहेको इलेक्ट्रोनिक्स गोदाममा आज राती आगलागी भएको छ । इलेक्ट्रोनिक्ससँगै मोवाइल गोदाममा आगलागी भएको हो । आगलागीबाट ५ वटा गोदाममध्ये ४ वटामा पूर्ण रुपमा क्षति भएको छ ।

धुलावारीका विकाश अग्रवालले सञ्चालन गर्दै आएको महाविर स्टोर्समा आगलागी हुँदा ५० लाख बराबरको क्षति भएको बुझिएको छ । शनिवार राती देखि नै आगलागी भए पनि विहान मात्रै थाहा पाएर स्थानीयले खवर गरेका थिए । रातभर लागेको आगो विहान मात्रै निभाइएको थियो । विर्तामोड नगरपालिकाको दमकलले विहान आगो निभाएको विर्तामोड प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares