Banner news

झापामा सबैभन्दा धेरै संक्रमित विर्तामोडमा, ६० वर्षीया महिलाको मृत्यू

झापामा सबैभन्दा धेरै संक्रमित विर्तामोडमा, ६० वर्षीया महिलाको मृत्यू


विर्तामोड । झापामा आज १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार ८ महिलासहित १८ जनाका संक्रमण पुष्टि भएको हो ।

एक जना ६० वर्षीया महिलाको मृत्यू भएको छ । कमल ५ कि महिलाको विएण्डसी अस्पतालमा मृत्यू भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

झापाको मेचीनगरमा ४, विर्तामोडमा ५, भद्रपुर १, अर्जुनधारा ३, गौरीगञ्ज १ र झापा गाउँपालिकामा ४ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै झापामा मृत्यू हुनेका संख्या १३१ जना पुगेको छ भने संक्रमितको संख्या ४८८१ पुगेको छ ।

शेयर गर्नुहोस :

0
Shares