Banner news

झापामा ६३ जना कोरोनामुक्त, २४५ नयाँ संक्रमित थपिए

झापामा ६३ जना कोरोनामुक्त, २४५ नयाँ संक्रमित थपिए


विर्तामोड । झापामा २४५ नयाँ संक्रमित थपिएका छन् । शुक्रवार थप ६३ जना उपचारपछि डिस्चार्ज भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार थप २ जना संक्रमितको मृत्यू भएको छ । योसँगै झापामा १९५ जना संक्रमितको मृत्यू भएको छ । आज जिल्लामा सबैभन्दा धेरै बुद्धशान्तिमा ३३, दकम ३१, विर्तामोडमा २७ जनामा कोभिड पुष्टि भएको छ ।

शेयर गर्नुहोस :

0
Shares