Banner news

देशभर ६ हजार ४९१ जना संक्रमणमुक्त

देशभर ६ हजार ४९१ जना संक्रमणमुक्त


काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ६ हजार ४९१ जना संक्रमित निको भएका छन्। नेपालमा संक्रमित निको हुनेदर ७९ दशमलब ७ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म देशभर ४ लाख ४७ हजार ४४६ संक्रमित निको भइसकेका छन्।

त्यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १५ हजार ५५   जनाको पिसिआर र  २ हजार ४२५ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत  ४ हजार १७८  जना र एन्टीजेटमार्फत ५८४ जना संक्रमित पुष्टि भएका छन्।

देशभर एक लाख ६ हजार ४७०  जना संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा देशभर ११४ जना संक्रमितको मृत्यु भएको छ। देभभर ६८९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

शेयर गर्नुहोस :

0
Shares