Banner news

आजदेखि झापामा निषेधाज्ञा खुकुलो

आजदेखि झापामा निषेधाज्ञा खुकुलो


बिर्तामोड । झापामा असार १४ गतेसम्मलाई थप गरिएको निषेधाज्ञा आजबाट लागु भएको छ । सोमवार थप भएको निषेधाज्ञाले नागरिकको जनजीवनलाई सहज बनाउने भएको छ ।
आजदेखी लागु भएको निषेधाज्ञा खकुलो बनाइएको छ । निश्चित समय तोकेर व्यवसाय सञ्चालन गर्न छुट दिइएको छ ।

जिल्ला प्रशासनले खाद्यान्न, फलफूल, तरकारी, माछामासु, दुधडेरी, पुस्तक, हार्डवेयर तथा निमाणजन्य सामग्री, इलेक्ट्रिोनिक, टेलरिङ, ड्राइक्लिनर्स, लत्तकपडा, जुत्ताचप्पल, सुनचाँदी, कस्मेटिक, भाँडा, गाडी मोटरसाइकल सोरुम, प्लास्टिक तथा मेसनरी पसलहरु बिहान ६ बजेदेखि १२ बजेसम्म सञ्चालन गर्न पाइने जनाएको छ ।

प्रशासनले विद्यालय, सार्वजनिक यातायात, जिम, सिनेमाघर, पार्क, स्विमिङ पुल, खेलकुद, इत्यादि सञ्चालनमा भने रोक लगाएको छ ।

होटल तथा रेस्टुरेन्टहरुले टेक अवे सेवा सञ्चालन गर्नुपर्ने छ भने कृषि तथा भेटनरी पसलहरु बिहान ११ बजेदेखि ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ । मोटर वर्कसपहरु ११ बजेदेखि ४ बजेसम्म सञ्चालन गर्न पाइने नियम बनाइएको छ ।

शेयर गर्नुहोस :

0
Shares