Banner news

आन्तरिक उडान खुला गर्ने मन्त्रिपरिषद्को निर्णय

आन्तरिक उडान खुला गर्ने मन्त्रिपरिषद्को निर्णय


काठमाडौं- आन्तरिक उडान खुला गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उडान खुला गर्ने निर्णय गरेको हो । आन्तरिक वायुसेवा कम्पनीले सामान्य अवस्थामा हुने उडान संख्याको दाँजोमा आधा उडाउन पाउनेछन् ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार बुधबार मन्त्रालय र सरोकारवालाहरूसँग बैठक गरी आन्तरिक उडान कहिलेदेखि गर्ने भन्ने मिति तय गरिने छ ।

साथै, सरकारले दुबई, दमाम, कुवेत, मस्कट, मलेसिया, कोरिया, जापान, चीनको छेन्दु, ग्वाङ्जाओको उडान खुला गरेको छ ।

हाल सातामा एकरएक उडान भइरहेको कतारको दोहा, टर्कीको स्तानबुलको उडान भने दोब्बर पारिएको छ । जसअनुसार काठमाडौं–दाहा सातामा चार उडान हुनेछन् ।

शेयर गर्नुहोस :

0
Shares