Banner news

एनटीसीको मोबाइल नेटवर्कमा विहानैदेखि समस्या

एनटीसीको मोबाइल नेटवर्कमा विहानैदेखि समस्या


काठमाडाैं । नेपाल टेलिकमको सबे नेटवर्कमा बुधबार विहानदेखि प्राविधिक समस्या आएको छ। नेपाल टेलिकमबाट अन्य कुनैपनि नेटवर्कमा सम्पर्क हुन सकेको छैन र फाेन अउने जाने अवरूद्ध भएकाे छ ।

नेपाल टेलिकमका प्रवक्ता राजेस जाेशीले बुधबार बिहान पाैने सात देखि नेटवर्कमा एक्कासि समस्या आएको र प्राविधिकहरूले के कतिले समस्या भएके हे भनेर खाेजी गरिरहेका छन् । उनका अनुसार समस्या समाधान गर्न केही समय लाग्ने र यति नै बेला समाधान हुने भनेर भन्न सकिने अवस्था छैन। खासगरी टेलिकमको जीएसएम सिमबाट कुनैपनि नेटवर्कमा सम्पर्क हुन सकेको छैन। देशभर फाेरजीके घाेषणा गरेकाे टेलिकममाथि यसले धक्का पुगेकाे छ ।

टेलिकमका प्रवक्ता जोशीका अनुसार कम्पनीको ल्याण्डलाईन तथा मोबाइल नेटवर्क दुबैमा समस्या देखिएको छ। कम्पनीको मोबाइल सेवामा टावर नै नदेखाउने अवस्था रहेको छ भने अन्य कुनै नेटवर्कमा फोन नजाने देखिएको छ। यस्तो समस्या देशभर नै रहेको छ । प्राविधिकहरू खाेजविन गर्दैछन् । चार्ज गर्ने र खाेज्ने क्रम जारी छ ।

शेयर गर्नुहोस :

0
Shares