काठमाडौं- आगामी असार १३ गतेबाट आन्त्रिक उडान सञ्चालन हुने भएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार स्वास्थ्य मापदण्ड पालना गरेर १३ गतेबाट ५० प्रतिशत उडान हुने भएका हुन्।
मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीका अनुसार उडानमा आधा यात्रु मात्र राखेर सञ्चालन गर्ने अनुमति दिइनेछ । कोरोना संक्रमणका कारण गत बैशाख २० गते देखि आन्तरिक उडान बन्द गरिएको थियो ।







प्रतिक्रिया