बिर्तामोड । बिर्तामोड नगरपालिकाको सातौं नगर सभामा भीड्भाड बढेपछि प्रहरी परिचालन गरिएको छ ।
नगरसभा बिथोल्न स्थानीय युवाले नगर परिसरमा भिड्भाड थालेपछि आवश्यक सुरक्षाका लागि ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो ।
स्वास्थ्य बीमाको लागि औषधि बिक्रेतालाई नगर अस्पतालमा कोठा भाडा दिन आव्हान गरिएको ठेक्का प्रक्रियामा अनियमितता भएको युवाको आरोप छ । युवाहरुले ठेक्का रद्दको माग गर्दै आएका छन् ।
नगरपालिकाले ठेक्का प्रक्रियामा कुनै पनि अनियमितता नभएको दाबी गर्दै आएको छ । नगरले प्रक्रिया बमोजिम सूचना जारी गरेर ठेक्काका लागि आव्हान गरेको जनाएको छ ।
नगरसभा तयारी भइरहेको बेला युवाहरुले बाहिर भिड्भाड गरिरहेका छन् । आवश्यक समाधान निकाल्न दुबै पक्ष बिछ बार्ता चलिरहेको छ । नगरको बर्तमान नेतृत्वको अन्तिम बजेट भएकाले राजनीति चलखेल सुरु भएको अनुमान गरिएको छ ।









प्रतिक्रिया