Banner news

वार्तापछि बिर्तामोडको नगरसभा सुचारु

वार्तापछि बिर्तामोडको नगरसभा सुचारु


बिर्तामोड । ठेक्का प्रक्रियामा अनियमितता भएको आरोप लगाउदै युवाहरुले प्रदर्शन गरेपछि केहिबेर रोकिएको नगरसभा सुचारु भएको छ ।

औषधि फार्मेसी संचालनका लागि नगर अस्पतालमा कोठा भाडा दिन र बिर्तामोडको फोहोर ब्यवस्थापन गर्न काठमाडौको कम्पनीलाई ठेक्का दिएको बिषयलाई लिएर युवाहरुले नगरसभा शुरु हुनै लाग्दा प्रदर्शन गरेका थिए ।

प्रदर्शनका बिच नगरसभा सन्चालन हुन नसकेपछि आन्दोलनरत युवाका प्रतिनिधि समेतको सहभागितामा वार्ता भएको छ । बार्ता भर्खर सकिएको छ, युवाको माग सुनुवाई गर्ने सहमतिपछि प्रदर्शन गर्नेहरु नगरबाट बाहिरिएका छन् ।

बुधबार साझसम्म चलेको कार्यपालिका बैठकमा समेत सोही बिषय उठाउदै काङ्ग्रेसबाट निर्बाचित वडाध्यक्षले हस्ताक्षर नगर्ने अडान लिएका थिए । उनकै मागमा तीन सदस्यीय कार्यदल बनेको थियो । उपप्रमुख पबित्रा महतरा प्रसाईको संयोजकत्वमा दुई जना सदस्य रहने गरि कार्यदल बनेपछि ती बैठक सकिएको थियो ।

बिर्तामोड ३ का अध्यक्ष भोजराज सिटौलाको प्रस्तावमा बनेको कार्यदललाई ठेक्का प्रक्रियाको अध्ययन गर्न जिम्मेवारी दिईएको छ । बुधबारको सहमति भोलिपल्ट तोडिदा बिर्तामोडको कार्यपालिका अचम्ममा परेको छ ।

शेयर गर्नुहोस :

0
Shares