विर्तामोड । केहि दिन यता जातीय भेद्भाव तथा छुवाछूतको सन्दर्भमा अनेकौं बहस र तर्क वितर्क चलिरहेको छ । गैर दलित र दलितबिचमा जातीय भेद्वाव तथा छुवाछूतलाई सामाजिक सञ्जालमा विभिन्न कोणबाट विचार प्रस्तुत गर्ने गरेको पाइन्छ ।

यहि विचमा दलितले पाएको आरक्षण र सामाजिक सुरक्षा भत्तालाई अनर्गल प्रचार गर्न थालिएको छ । सामाजिक सञ्जालमा एउटा करोडमाथि मुल्य पर्ने गाडि राखेर एक दलित पुरुष ४ सय रुपैयाँ भत्ता लिन गएको भन्ने भ्रमपूर्ण स्टाटस् लेखेर विभेद्का लागि उक्साइरहेको पाइएको छ । सो तस्वीर बारे इजलास डटकमले फ्याक्ट चेक गरेको छ । सो तस्वीरमा देखाइएको गाडि र व्यक्ति नै नेपाली नागरिक नभएको पुष्टि भएको छ ।
झापामा माधव नेपाल समूहको हाइप्रोफाइल युवा नेता दावी गर्दै आएका भीष्म पौडेलले सो सामग्री सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

उनले गरेको यो काम आत्मसन्तुष्टि र भ्रम बाहेक केहि होइन । यसरी सयौंले यहि तस्वीरलाई शेयर गर्दै भ्रम छर्ने काम गरिरहेका छन् ।
सामाजिक सञ्जालमा प्रयोग गरिएको तस्वीर भारतीय हो । पौडेलले यो तस्वीरलाई नारायणगढको भन्दै दावी गरेका छन् । तस्वीरमा देखिएका भारतीय नागरिक सिद्धार्थ विनायक हुन् । गाडिको विज्ञापन गर्दै गरेको फोटोलाई नेपाली दलितको भन्दै दावी प्रस्तुत गरिएको छ ।

गाडिको वास्तविकता : क्लिक गर्नुहोस् ।
गाडिको वास्तविकता : क्लिक गर्नुहोस् ।







प्रतिक्रिया