विर्तामोड । झापाको विर्तामोड क्षेत्रमा विभिन्न समयमा घर फोरी चोरी गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । झापा प्रहरीका अनुसार चोरीमा संलग्न र चोरी गरि ल्याएका सामान खरिद् गर्ने दुवैलाई पक्राउ गरि अनुसन्धान थालिएको छ ।

गत जेठ २९ गते राती विर्तामोड– २ स्थित गंगा उप्रेतीको घरबाट वान्सा कम्पनीको ३२ इन्चको १ थान टिभि. र कोशी कम्पनीको २ वटा ग्यास सिलिण्डर चोरी भएको थियो । असार ४ गते राती विर्तामोड –४ स्थित नारायण मुखियाको घरबाट सोनी कम्पनीको ३२ इन्चको १ थान टिभि, ९ गते राती विर्तामोड ४ स्थित राजन वास्केको कटेरोबाट पाथीभरा कम्पनीको एउटा ग्याँस सिलिण्डर लगायत सामानहरु चोरी भएको थियो । प्रहरीका अनुसार ती सामग्री घर फोरेर चोरी गरिएको थियो ।
प्रहरीले घर फोरेर चोरी गर्ने ४ जना र चोरीको सामान खरिद गर्ने ४ जनालाई विशेष सूचनाको आधारमा पक्राउ गरेको छ । पक्राउ परेका आठै जनालाई झापा जिल्ला अदालतमा उपस्थित गराई म्याद थप गरेर थप अनुसन्धान थालेको प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए ।

चोरी गरेको आरोपमा विर्तामोड – ७ का २४ वर्षीय जग्गु भन्ने दिपेश खवास, विर्तामोड – ३ का २८ वर्षीय टेकन भण्डारी, विर्तामोड – ३ का १८ वर्षीय विष्णु भण्डारी र अर्का १४ वर्षीय बालक पक्राउ परेका छन् । यस्तै, चोरीको सामान खरिद गर्ने विर्तामोड ४ का २९ वर्षीय गोपाल चिमरिया, विर्तामोड – ३ का ३१ वर्षीय छोटु भन्ने मोहमद मियाँ, विर्तामोड – ४ सुर्योदय टोल बस्ने वर्ष २८ का विकी साह, विर्तामोड– ४ वस्ने वर्ष ४८ का खगेन्द्र चापागाईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनीको साथबाट प्रहरीले सोनी कम्पनीको टि.भि. १ थान ,वान्सा कम्पनीको टि.भि.थान १, कोशी कम्पनीको ग्याँस सिलिण्डर २ थान र पाथिभरा कम्पनीको १ थान सिलिण्डर बरामद गरेको छ ।







प्रतिक्रिया