Banner news

झापामा असार २१ गतेसम्मलाई थपियो निषेधाज्ञा थप, सवारी जोरबिजोर संचालन गर्न दिने

झापामा असार २१ गतेसम्मलाई थपियो निषेधाज्ञा थप, सवारी जोरबिजोर संचालन गर्न दिने


झापा । झापामा असार २१ गतेसम्मलाई निषेधाज्ञा थप भएको छ । जिल्लामा कोरोना संक्रमण दर घट्दै गए पनि थप जोखिम कम गर्न निषेधाज्ञा थप गरिएको डिसीसीएमसी झापाले जनाएको छ ।

पसल सञ्चालनको हकमा अत्यावश्यक सेवाका वाहेकका अन्य पसलहरु विहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न दिने उल्लेख छ ।

सवारीसाधन सञ्चालन सम्बन्धमा अत्यावश्यक सेवाहरु बाहेकका सबै प्रकारका निजी सवारीसाधन, सिटी/सफारी, अटो रिक्सा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका मात्र झापा जिल्ला भर सञ्चालन गर्न दिने आदेश गरिएको छ ।

सरकारी, सार्वजनिक संस्थान, बिमालगायतका कार्यालयहरुले स्वास्थ्य मापदण्डको पूर्णरुपमा पालना गरी भीडभाड नगराइ आलोपालो प्रणाली अपनाइ सञ्चालन गर्ने भनिएको छ ।

शेयर गर्नुहोस :

0
Shares