Banner news

दही चिउरा खाँदै राष्ट्रिय धान दिवस मनाइने

दही चिउरा खाँदै राष्ट्रिय धान दिवस मनाइने

/f]kfO{ ;lsPkl5 gfrufg ub}{ ls;fg v:of}nL, !$ c;f/ M ?kGb]xLsf] ;}gfd}gf gu/kflnsf j8f g+ @ l:yt ;f]/f}nLdf v]tsf] /f]kfO{ ;lsPsf] clGtd lbg cfOtaf/ gfrufg u/]/ /dfpb} :yfgLo ls;fg . t:jL/ M o’j/fh kf08]÷/f;;

झापा । आज असार १५ गते राष्ट्रिय धान दिवस मनाइँदै छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ ।

कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरुले पनि दही च्यूरा खाई असार १५ मनाउँछन् । दही च्यूराले शरीर शीतल भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

/f]kfO{ ;lsPkl5 gfrufg ub}{ ls;fg v:of}nL, !$ c;f/ M ?kGb]xLsf] ;}gfd}gf gu/kflnsf j8f g+ @ l:yt ;f]/f}nLdf v]tsf] /f]kfO{ ;lsPsf] clGtd lbg cfOtaf/ gfrufg u/]/ /dfpb} :yfgLo ls;fg . t:jL/ M o’j/fh kf08]÷/f;;

वि.सं. २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोक लयका गीत गाउँदै धान रोप्ने र हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्ने चलन छ । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ ।

शेयर गर्नुहोस :

0
Shares