Banner news

एक हजार ८८९ सङ्क्रमित भेटिए, तीन हजार ५९७ सङ्क्रमण मुक्त

एक हजार ८८९ सङ्क्रमित भेटिए, तीन हजार ५९७ सङ्क्रमण मुक्त


काठमाडौं । पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणमा थप एक हजार ८८९ जनामा कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सात हजार १८९ जनामा गरिएको पीसीआर परीक्षणमा साे संख्यामा सङ्क्रमित भेटिएका हुन् । यस्तै, चारहजार ८४९ जनामा गरिएको एन्टिजेन परीक्षणमा एक हजार तीन जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीनहजार ५९७ छ । नेपालमा अहिले ३३ हजार ५६१ जना सङ्क्रमित रहेका छन् । यस्तै, पछिल्लो २४ घण्टामा ४१ जना बिरामीको मृत्यु भएको छ । योसँगै अहिलसम्म नौ हजार ११२ जनाको मृत्यु भएको छ ।

शेयर गर्नुहोस :

0
Shares